सामग्रीमा जानुहोस्

नाम्चे बजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नाम्चेबाट अनुप्रेषित)
नाम्चे बजार
पृष्ठभूमिमा कोङ्दे री चुचुरोसहितको नाम्चे बजार
पृष्ठभूमिमा कोङ्दे री चुचुरोसहितको नाम्चे बजार
उपनाम: 
शेर्पा राजधानी
नाम्चे बजार is located in कोशी प्रदेश
नाम्चे बजार
नाम्चे बजार
कोशी प्रदेशमा स्थान
नाम्चे बजार is located in नेपाल
नाम्चे बजार
नाम्चे बजार
नाम्चे बजार (नेपाल)
निर्देशाङ्क: २७°४९′उ॰ ८६°४३′पू॰ / २७.८१७°N ८६.७१७°E / 27.817; 86.717निर्देशाङ्कहरू: २७°४९′उ॰ ८६°४३′पू॰ / २७.८१७°N ८६.७१७°E / 27.817; 86.717
देशनेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
गाउँपालिकाखुम्बु पासाङल्हामु गाउँपालिका
उन्नतांश
३४४० मिटर (११२९० फिट)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा१,५४०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको मानक समय)

नाम्चे बजार नेपालको कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा अवस्थित एक गाउँ हो। यो खुम्बु क्षेत्रभित्र ३,४४० मिटर (११,२८६ फिट) को उचाइमा अवस्थित छ र पहाडको छेउछाउमा बसोबास गर्दछ। पर्यटन व्यवसायमा संलग्न अधिकांश शेर्पा नाम्चे क्षेत्रका हुन्। नाम्चे खुम्बु क्षेत्रको मुख्य व्यापारिक केन्द्र हो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५४० रहेको थियो जसमध्ये ८०७ पुरुष र ७३३ महिला रहेका थिए भने यहाँ ४८० घरधुरी रहेको थियो।[१][२]

भूगोल[सम्पादन गर्नुहोस्]

नाम्चेको ठीक पश्चिममा ६,१८७ मिटर (२०,२९९ फिट) उचाइमा कोङ्दे रि र पूर्वमा ६,६२३ मिटर (२१,७२९ फिट) मा थम्सेर्कु छ।

यातायात[सम्पादन गर्नुहोस्]

नाम्चे बजारलाई नियाल्ने डाँडामा स्याङबोचे विमानस्थल (३,७५० मिटर/१२,३०३ फिट) छ। यो अब यात्री उडानहरूको लागि प्रयोग गरिँदैन, यद्यपि रुसी हेलिकप्टरहरूले कहिलेकाँही कार्गो उडानहरू गर्छन्। निकटतम खुला विमानस्थल तेन्जिङ-हिलारी विमानस्थल हो, जुन गाउँबाट १३ किलोमिटर दक्षिणमा अवस्थित छ।

पर्यटन[सम्पादन गर्नुहोस्]

शनिबार बिहान गाउँको बीचमा साप्ताहिक बजार हुन्छ। तिब्बतको दैनिक बजार पनि हुन सक्छ जहाँ लुगाफाटा र सस्तो चिनियाँ उपभोग्य वस्तुहरू बिक्रीका लागि मुख्य वस्तुहरू हुन्छन्।

नाम्चेमा सन् १९९५ अक्टोबरमा थामे नजिकै खोलिएको नजिकैको थामे–नाम्चे जलविद्युत् आयोजना (६०० किलोवाट) बाट विद्युत् उत्पादन भइरहेको छ।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]