सिम्ता बहुमुखी क्यापस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिम्ता बहुमुखी क्यापस

त्रिभुवन विश्वबिधालय बाट सम्बन्धन प्राप्त सिम्ता बहुमुखी क्याम्पस सुर्खेत जिल्लाको पुर्वी क्षेत्र , हालको सिम्ता गाउँपालिका वडा नम्बर ६ राकम अर्थात तत्कालिन राकम गा.बि.स मा रहेको छ । यो क्याम्पस २०६९ सालमा स्थापना भएको हो । स्थापना काल देखि हाल सम्म यो क्याम्पसमा सिक्षाशास्त्र संकाय अन्तर्गतका बिषय हरु मात्र पढाइ हुन्छन् । करिव १० बर्ष सम्म स्नातक तह मात्र संचालन भएको यश क्याम्पसमा २०७९ साल बाट स्नातकोत्तर तह पनि संचालन भएको छ । यस क्याम्पसमा २०७६९ देखि २०८० सम्म क्याम्पस प्रमुखको रुपमा हुनु हुन्थ्यो भने हाल सुर्य प्रकाश चन्द क्याम्पस प्रमुख हुनु हुन्छ । यस क्याम्पसको संचालक समितीको नेतृत्व सर्वप्रथम पुस्तक बादी हुनु भएको थियो भने हाल नेत्रलाल महतारा हुनु हुन्छ । यस क्याम्पसको स्ववियु को नेतृत्व घनश्याम रेग्मी ले गरिरहनु भएको छ । यस क्याम्पसमा हाल ४०० भन्दा धेरै बिधार्थी नियमित तर्फ अध्ययनरत छन् । यो सिम्ता गाउँपालिकाको एक मात्र क्याम्पस हो । क्याम्पस स्थापना गरे पनि भवन अभावको कारण क्याम्पसको सम्पुर्ण कामकाज तथा अध्यापन बागेश्वरी माबी मा हुन्थ्यो । २०७१ सालमा धार्मिक महोत्सव अर्थात महायज्ञ संचालन गरि विभिन्न दाता हरुले आर्थिक सहयोग गर्नु भएको थियो । उक्त रकम बाट भवन निर्माणको काम सुरु गरिएको थियो । हाल वभिन्न निकाय बाट बजेट बिनियोजन भइ क्याम्पसमा सुविधा सम्पन्न भवन र कक्षाकोठा को व्यवस्था छ ।